Skip to main content

कार्यक्रमको बारेमा: को बन्छ करोडपति


कार्यक्रमको बारेमा: को बन्छ करोडपति
को बन्छ करोडपति ब्रिटिश कार्यक्रम “Who Wants to be a Millionaire” मा आधारित नेपाली खेल कार्यक्रम हो| नेपाली चलचित्र जगतका “महानायक” भनेर चिनिने राजेश हमालको प्रस्तुति रहेको कार्यक्रम नेपाली दर्शकमाझ पौष १४ गते दखि AP1HD र AP1SD च्यानलबाट प्रसारण हुँदैछ| उक्त ब्रिटिश मुलको कार्यक्रमको भारतीय संस्करण “कौन बनेगा करोडपति”ले अद्वितीय सफलता हासिल गरेको एक दशक नाघिसकेको छ| विश्वभरिका १६० भन्दा बढी देशहरुमा कार्यक्रमको शृंखलाले खेल गहिरो छाप छोडिसकेको छ| यस सिलसिलामा सहभागी हुने अबको पालो हो, नेपालको|
हजारौं आकांक्षी प्रतिस्पर्धीहरु, दर्शक एवं प्रशंसकहरुबाट नेपालमा स्वागत पाईसकेको को बन्छ करोडपतिले दर्शकको स्वदेशी कार्यक्रम हेर्ने दृष्टिकोणमा नया आयाम थप्ने लक्ष्य बोकेको छ| नेपाल जस्तो विकासोन्मुख राष्ट्रको परिप्रेक्षमा कार्यक्रमले फरक उर्जा र आत्मबल थपेको छ| ज्ञान र शिक्षाको प्रवर्धनका लागि उदयीमान बनेको “को बन्छ करोडपति”ले आफ्नो प्रसारण अवधिभर सशक्तिकरणलाई केन्द्रविन्दुमा राख्नेछ| हरेक हप्ता शुक्रबार, शनिबार र आइतबार गरि कार्यक्रमका कुल ५२ एपिसोडहरु प्रसारण हुनेछन| लाखौँ दर्शकको आशा बोकेको को बन्छ करोडपति पूर्ण तयारीका साथ रणभूमिमा उत्रदैंछ|
कार्यक्रमको दृष्टान्त
अन्तर्राष्ट्रिय स्तरमै चिरपरिचित ढाँचामा चल्ने हुँदा को बन्छ करोडपतिका अन्य संस्करणहरु हेरिसक्नुहुने दर्शक महानुभावहरु खेलका नियम, तौड तरिका र राम्रैसंग घुलमिल भईसक्नु भएको छ| KBC नेपालमा पनि सोहि अनुसार प्रस्तोताले सोध्ने प्रश्नहरुका उत्तर “हट सिट”मा बसेका प्रतिस्पर्धीले दिन्छन| खेलमा १५ प्रश्नहरुको बिभिन्न पढ़ाव रहेका छन् भने प्रत्यक प्रश्नले केहि धनराशी बोकेको हुन्छ| सहि उत्तर दिएमा प्रतिस्पर्धीले सो प्रश्नको मूल्य बराबरको धनराशी जित्न सक्नेछन| सुरुवाती पढ़ावमा सजिला भएपनि प्रश्नहरु क्रमशः कठिन हुँदै जान्छन|
१५औँ अर्थात खेलको अन्तिम प्रश्नको मूल्य रु. १ करोड रुपैयाँ रहेको छ| खेलमा अन्तिम तगारो भएकाले अवश्य पनि सबैभन्दा कठिन हुने र ज्ञानको सच्चा उपयोग गर्नेले मात्रै यहाँसम्म पुग्ने अनुमान गरिएको छ| को बन्छ करोडपति सुरुदेखि अन्त्यसम्म यहि सर्वश्रेष्ठ प्रतियोगीको खोजीमा रहनेछ|
घरघरका टेलिभिजन स्क्रिनमा KBC हेर्नुहुने दर्शक महानुभावहरुका लागि पनि बिशेष लखपति बन्ने अवसर रहेको छ| प्रत्यक एपिसोडको अन्त्यमा घरमै बसी लखपति हुने अवसरका लागि प्रश्न पेश गरिनेछ| सहि उत्तर दिने मध्ये कुनै एक प्रतियोगिलाई उक्त धनराशी प्रदान गरिनेछ| उत्तर SMS मार्फत पठाउन सकिन्छ|
छनोट प्रक्रिया र प्रावधान
KBC को पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न इच्छुकले SMS मार्फत आफ्नु उम्मेद्वारी दिन सक्नेछन| प्रसारण हुनु अघि नै दर्ता गर्ने प्रक्रियामा कार्यक्रमले सामान्य ज्ञान प्रतियोगिता आयोजना गरिसकेको छ|
SMS गरिसकेपछी प्रतिस्पर्धीले प्रतिक्रियाका लागि केहि समय प्रतिक्षा गर्नुपर्नेछ| प्रतिक्षाको फल सधैं मिठो हुन्छ|
कार्यक्रममा छनोट हुनलाई केहि विशेष प्रावधानहरु रहेका छन्| प्रतिस्पर्धीहरुले निम्न रहेका प्रावधानहरु पालना गर्नुपर्ने हुन्छ:
  • प्रतिस्पर्धी नेपालको नगारिक एवं वासिन्दा हुनुपर्दछ
  • प्रतिस्पर्धीको उमेर १८ वर्षभन्दा माथि हुनुपर्दछ
SMS मार्फत दिएको उम्मेदवारीमा छनोट भएकाहरुको बिभिन्न चरणमा अन्तर्वार्ता लिईन्छ| अन्तर्वार्तामा प्रभाव पार्न र अरु प्रतिस्पर्धीलाई उछिन्न सफल हुनेलाई “फास्टेस्ट फिंगर फस्ट”का लागि छनोट गरिन्छ| KBC को स्टुडियोमै हुने “फास्टेस्ट फिंगर फस्ट” बाट हरेक पटक कुनै एक उत्कृष्ट सहभागी सर्वगुणी “हट सिट”का लागि योग्य हुनेछन|
खेलका नियम र महत्वपुर्ण पाटाहरु
KBC नेपालको सबैभन्दा बहुमुल्य गहना हो, हट सिट| एकपटक भएपनि हट सिटमा बस्न पाए जीवन सार्थक हुने मानिन्छ| र नहोस् पनि किन, को बन्छ करोडपतिको हट सिटमा मानिसलाई रातारात चर्चित र सम्पन्न बनाईदिने शक्ति छ| खेलका प्रश्नहरु पार गर्दै गएमा धनराशी पनि बढ्दै जान्छ| हट सिटमा बसिसकेपछि सर्वप्रथम प्रस्तोताले प्रतिस्पर्धीको परिचय दिने गर्छन|
खेलका नियमहरुसंग परिचित भएपछी मात्र खेल अगाडी बढ्छ| KBC को सर्वमान्य ढाँचामा निम्न पाटाहरु निकै महत्वपुर्ण मानिन्छन:
१. पढ़ावहरु: खेलको क्रममा दुई ओटा पढ़ावहरु रहेका छन्| पहिलो पढ़ाव रु. १०,००० जितेपछि पार हुन्छ भने दोस्रो रु. ३,२०,००० सुरक्षित भएपछी आउँछ| कुनै एउटा पढ़ाव पार गरेपछि प्रतिस्पर्धीले गलत उत्तर दिएमा वा खेल छोड्न चाहेमा उक्त सुरक्षित रकम आफ्नो साथ लिएर जान सक्नेछन| टेलिभिजनमा पढ़ावका प्रश्नहरुमा पहेंलो चिन्ह लगाईएको हुन्छ|
२. लाइफलाइन: प्रत्यक प्रतिस्पर्धीले ३ ओटा लाइफलाइनहरु प्रयोग गर्न पाउनेछन| प्रश्न अफ्ठ्यारो भएको खण्डमा सहयोगी हातका रुपमा यी लाइफलाइन रहेका छन्|
५०:५०- चार मध्ये दुई गलत उत्तरहरु हटाइन्छ र बचेका दुई मध्ये कुनै एक उत्तर छान्नु पर्ने हुन्छ| आफुलाई दुविधामा पारेका दुईमध्ये एक उत्तर हटेमा यसको सहि उपयोग हुने मान्न सकिन्छ|
अडियन्स पोल- दर्शकदिर्घाबाट सहयोग पाउनु प्रतिस्पर्धीका लागि ठुलो प्रेरणा हुनसक्छ| कठिन प्रश्नको उत्तर दिई सहयोग गर्नका लागि भोटिंग मिटर हात मा लिई दर्शकले आफ्नो भोट पस्किन्छन्| धेरै भोट पाउने उत्तर
फोन-अ-फ्रेन्ड: यो विकल्प रोजेमा प्रतिस्पर्धीले आफ्ना कुनै एक मित्र वा परिवारजनलाई टेलिफोनमार्फत सम्पर्क गरि प्रश्नको उत्तर मागी पाउन सक्छन| प्रश्न पढेर सुनाई उत्तर लिन ३० सेकन्ड समय दिईएको हुन्छ|
३. खेल क्विट गर्नेप्रश्न कठिन वा उत्तरमा संकोच भएमा प्रतिस्पर्धीले खेल “क्विट” गर्ने विकल्प रोज्न पाउनेछन| क्विट गर्दा जितिसकेको धनराशी सुरक्षित आफ्नो साथ राख्न पाइनेछ|
टेलिभिजन कार्यक्रम प्रस्तुति, प्रसारण, हेराई र विश्लेषणका आधारमा एक फरक धार सहित को बन्छ करोडपति उदाएको छ| “ज्ञान बाडौं र बढाऔँ” भन्ने मूल नारा सहित हामी अनगिन्ति जीवनहरुमा सकारात्मक र प्रेरणात्मक प्रभाव पार्नका निम्ति सदा तत्पर छौं| ज्ञानको उपयोग मार्फत नेपाली समाजमा कस्ता योगदान पुर्याउन सकिन्छ भन्ने दृष्टान्त को बन्छ करोडपतिले झल्काउँछ| र यस साथसाथै नेपाली टेलिभिजन जगतको उदाहरणिय प्रस्तुतिका रुपमा आफुलाई खडा गर्नेछ|

Comments

Popular posts from this blog

Ko Bancha Crorepati

Ko Banchha Crorepati is a Nepali television game show based on the British program Who Wants to Be a Millionaire?. The show premiered on 29 December 2018 on AP1 TV and will run for 52 episodes. It is hosted by Rajesh Hamal and produced by SRBN Media Pvt. Ltd. Wikipedia First episode date :  December 29, 2018 Presented by :  Rajesh Hamal Original release :  29 December 2018 Number of seasons :  1 Composer :  Keith Strachan Producer(s) :  Bipin Aacharya Production company(s) :  SRBN Media Pvt. Ltd.  AP1 TV

How To Participate In KBC Nepal - Ko banchha Karodpati?

One of the popular franchise TV show is coming to Nepal. This time it is the Nepali edition of the game show “Who wants to be a millionaire”. In this program, the host will ask certain question to the participants and the prize amount will increase after more correct answers. The highest cash to win is the million amount of the local currency. So here in Nepal, the highest cash prize is 1 Million NRs. Nepali edition of “Who wants to be a millionaire?” is termed as “Ko bancha crorepati”. Popular Actor Mr. Rajesh Hamal is the host of the upcoming Ko bancha Crorepati Nepal show. Here we will provide how to register or participate for KBC Nepal through  Ntc /Ncell mobile and KBC Nepal app. The program will soon air in AP1 TV and the registration can only be done through NTC and Ncell mobile. To register for the KBC Nepal by SMS, People either need to send a message of the format:  KBC<SPACE>AGE<SPACE>GENDER(M/F/O)  to 31031. People can also r...

Ko Bancha Crorepati WIKI

Ko Banchha Crorepati  ( Who Wants to be a Millionaire ; also simply known as  KBC ) is a  Nepali   television game show based on the  British program   Who Wants to Be a Millionaire? . The show premiered on 29 December 2018 on  AP1 TV  and will run for 52 episodes. It is hosted by  Rajesh Hamal [1]  and produced by SRBN Media Pvt. Ltd. [2]  Contestants can win large cash prize up to 1 crore (10 million) Nepali rupees. Contents 1 Production 2 Gameplay 2.1 Qualification 2.2 Fastest Finger First 2.3 Main gameplay 3 References 4 External Links Production The show is directed by Suresh Paudel who is also director and project head of  Nepal Idol  and Boogie Woogie Nepal and Aman Pratap Adhikari director of Himalayan Rodies. Assistant directors for the show are Babu Surace DC (Surace Dulal) and Mohanraj Adhikari. In production, director of photography is Shivaram Shrestha. Gameplay Qualification ...