Skip to main content

कार्यक्रमका प्रस्तोताको बारे: राजेश हमाल

कार्यक्रमका प्रस्तोताको बारे: राजेश हमाल

शिघ्र नै नेपाली टेलिभिजन जगतले फेरी आनन्दमयी सास फेर्नेछ| किनभने, लाखौँ मुटुका ढुकढुकी, राष्ट्र तथा अन्तर्राष्ट्रिय छेत्रमै सम्मानित, राष्ट्रव्यापी महागुणी “महानायक” राजेश हमाल आउंदैछन्| लाग्छ, समय त्यँही ठप्प रोकियोस्| तर समय रोक्ने सामर्थ्य कसैमा छैन| र समय अगाडी नबढे हमालको प्रस्तुति रहने “को बन्छ करोडपति”ले पनि त निरन्तरता पाउंदैन!
राजेश हमालको चर्चा उनको उमेरसंगै झन् बढ्दो र निख्रिँदो छ| झन्डै ३ दशक नेपाली कला क्षेत्रमा अतुलनीय योगदान दिइसकेका राजेश हमालले नेपाली र अन्य भाषामा समेत गरि ३०० भन्दा बढी चलचित्रमा आफ्नो पसिना खटाइसकेका छन्| जुन ९, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमाल जीवनका ५४ खुड्किला पार गरेर अभूतपूर्व उचाईमा पुगेका छन्| अग्ला कद अनि गहकिलो र आकर्षक व्यक्तित्वले सुसज्जित उनको चलचित्र जगतमा एउटा उदाहरणिय प्रतिष्ठा| यस्तो लोभलाग्दो आदर्श सायदै अरु कलाकारको होला|
कलाकार, निर्माता, निर्देशक र साथसाथै सामाजिक कार्यकर्ताका रुपमा चिनिने हमाल कलाक्षेत्रका एक बहुप्रतिभाशाली व्यक्तित्व हुन| उनको पृथक शैली र निरन्तर सक्रियताका कारण उनको दर्शक र समर्थकमाझ निश्चल छवी रहेको छ|
लामो समयको पर्खाइ पश्चात अन्तर्राष्ट्रिय मुलको उच्चस्तरीय खेल कार्यक्रम नेपाल भित्रिंदै छ| को बन्छ करोडपति जस्तो अन्तरक्रियात्मक खेल कार्यक्रमका लागि वाकशैलीमा आफ्नो तीव्र क्षमता प्रमाणित गरिसकेका राजेश हमाल सुहाउँदा पात्र हुन्|
निजि जीवन र कलाक्षेत्रमा सक्रियता
पाल्पाको तानसेनमा प्रारम्भिक शिक्षा हासिल गरेका राजेश हमालले दिल्ली विश्वविद्ध्यालयमा अंग्रजी साहित्य मा एम.ए प्राप्त गरेका छन्| शिक्षित पृष्ठभूमि रहेको उनको परिवारमा हमालका बुवा रुसका लागि तत्कालिन नेपाली राजदुत थिए| त्यसै सिलसिलामा बुवा रुसमै बसोबास गर्नुपर्ने हुँदा उनी उच्च शिक्षा हासिल गर्न राजधानी मस्कोतिर लागे|
नेपाली कलाक्षेत्रमा आफ्नो वाककलाको स्पष्टताले संसारभरि ख्याती कमाएका छन् कमै कलाकार छन्| राजेश हमाल त्यस्ता दुर्लभ व्यक्तित्व हुन् जसको बोल्ने शैली र शब्द चयनमा जोकोही मन्त्रमुग्द्ध हुन सक्छन| खास गरिकन अंग्रेजी भाषामा उनको ज्ञान र निपुणता सर्वत्र प्रशंसनीय मानिंदै आएको छ|
हमाल २७ वर्ष देखि नेपाली चलचित्र क्षत्रमा स्थापित कलाकार हुन| अनेकौं भूमिका निर्वाह गरिसकेको उनको कलाकारितामा पर्दापण भने सन् १९९१ मा हिट चलचित्र “युग देखि युग सम्म” बाट भएको थियो| पहिलो प्रयासमै मन पराइए पश्चात उनले लगातार प्रमुख पात्रको भूमिका पाई दशौँ चलचित्रमा काम गर्ने अवसर पाए| उनको कलाकारिता जीवन निष्ठा र परिश्रमको एउटा अपार उदाहरण हो| हमालका अन्य सुपरहिट चलचित्रहरु चट्यांग (१९९३), अपराध (१९९४), सडक (१९९५), पृथ्वी (१९९५), जुन तर (१९९७), शंकर (१९९८), कान्छा (२०००), धन सम्पति (२००२), युद्ध (२००२) आदि रहेका छन्| यी सबै भूमिकाले एक वा अर्को माध्यम बाट उनको चर्चा चुल्याए| कसम (१९९३), देउता (१९९३), चोर(१९९८),एक नम्बरको पाखे (१९९९), बसन्ती (२०००) and हामी तिन भाइ (२००४) पनि लोकप्रिय चलचित्रहरु मध्ये पर्दछन| राजेश हमालको नाममा साना ठुला गरि ८६ राष्ट्रिय चलचित्र अवार्ड छन्| र साथसाथै १०० भन्दा बढी मनोनयनमा पर्न सफल भएका छन्|
उनीसंग चलचित्रमा अभिनय गरिसकेका सयौं कलाकर्मीहरुलाई पनि चलचित्रक्षत्रमा स्थापित गराउन उनको ठुलो भूमिका देखिएको छ| आफ्नो काम र वचनले आफ्ना वरिपरीका मानिसमा प्रेरणा र उर्जा थप्न माहिर मानिने हमाल सकारात्मक सोचका धनि छन्| जीवनमा धेरैपटक ठक्कर खाएर पनि आफ्नो पाउमा खडा हुन सफल उनको आत्मबलको कदर गर्नुपर्दछ| कष्ट र अनेक उतारचढावहरुको सामना गरि शिर उठाएर आफ्नो क्षत्रमा अब्बल राजेश हमालको जीवनरेखाबाट युवाहरुले सिक्ने पाठ धेरै छन्|
सामाजिक परोपकारका कार्यमा सक्रियता
नेपाली शभ्य समाजमा उच्च सम्मान हासिल गरिसकेका राजेश हमाल कलाकार मात्र नभई एक सक्रिय सामाजिक कार्यकर्ता पनि हुन| सन् २०१५ मा गएको महाभूकम्पका बेला हमाल पेरिसमा थिए| यति हुँदा हुँदै पनि उनी नेपाल फर्किएपछि भूकम्पले गरेको विनाश निवारण गर्नतिर लागे| जनताले सदा इच्छाएका कलाकार यसरी “बिल्डिंग ब्याक इनिसिएटिभ”का सद्भावना राजदुत पनि रहेका छन्| बिल्डिंग ब्याक इनिसिएटिभले हमालसंग सहकार्य गरेर दिगो वातावरणीय पुनर्निर्माणको कार्य अगाडी बढाईरहेको छ| यति मात्रै नभएर उनी श्रमशोषण र बाल अधिकारका सामाजिक अधिवक्ता पनि हुन्|
KBC नेपालमा राजेश हमालको नेतृत्व
को बन्छ करोडपतिका आकर्षणहरु अनगिन्ति छन्| तर तिमध्ये कार्यक्रममा आकर्षणका केन्द्रविन्दु महानायक राजेश हमाल नै हुनेछन| लाखौँ दर्शक, हजारौं आकांक्षी प्रतिस्पर्धीहरुको आशाको ठेकी उनैको इसारामा खुल्नेछन्| KBC मार्फत हमालको सफल र सक्षम नेतृत्वको पनि पर्खाइ रहेको छ| टेलिभिजनका दर्शकहरु बढाउन, टेलिभिजन हेर्ने आचरण बदल्न र यस क्षत्रमा अझै अवसरहरु सिर्जना गर्न राजेश हमालको स्तर र दक्षताको मुख्य हुन्छ| कार्यक्रमले हमालको अन्तरक्रियात्मक छविको विकास गर्न र अझै धेरै साझा जीवनहरुसंग मेल गराउन पनि मद्दत पुर्याउँछ| कार्यक्रम KBC र यसका प्रस्तोता राजेश हमालको यस्तो तालमेल छ, मानौं यी दुई एक अर्कासंगै गाँसिएका छन्| कार्यक्रम र प्रस्तोताबिच हुनु पर्ने सम्बन्ध यस्तै नै हो|
KBC नेपालको खेलमा कसैको जीवन नै परिवर्तन गर्न सक्ने अद्भुत शक्ति छ| साथसाथै राजेश हमालमा आफ्ना दर्शक र प्रशंसकहरुको मन बहलाउन सक्ने गजबको जादु छ| यी दुई कुराको सम्मिश्रण भएर राष्ट्रव्यापी बहुचर्चित टेलिभिजन खेल कार्यक्रमको जन्म भएको छ| र यसैको नाम हो, को बन्छ करोडपति |

Comments

Popular posts from this blog

Ko Bancha Crorepati

Ko Banchha Crorepati is a Nepali television game show based on the British program Who Wants to Be a Millionaire?. The show premiered on 29 December 2018 on AP1 TV and will run for 52 episodes. It is hosted by Rajesh Hamal and produced by SRBN Media Pvt. Ltd. Wikipedia First episode date :  December 29, 2018 Presented by :  Rajesh Hamal Original release :  29 December 2018 Number of seasons :  1 Composer :  Keith Strachan Producer(s) :  Bipin Aacharya Production company(s) :  SRBN Media Pvt. Ltd.  AP1 TV

How To Participate In KBC Nepal - Ko banchha Karodpati?

One of the popular franchise TV show is coming to Nepal. This time it is the Nepali edition of the game show “Who wants to be a millionaire”. In this program, the host will ask certain question to the participants and the prize amount will increase after more correct answers. The highest cash to win is the million amount of the local currency. So here in Nepal, the highest cash prize is 1 Million NRs. Nepali edition of “Who wants to be a millionaire?” is termed as “Ko bancha crorepati”. Popular Actor Mr. Rajesh Hamal is the host of the upcoming Ko bancha Crorepati Nepal show. Here we will provide how to register or participate for KBC Nepal through  Ntc /Ncell mobile and KBC Nepal app. The program will soon air in AP1 TV and the registration can only be done through NTC and Ncell mobile. To register for the KBC Nepal by SMS, People either need to send a message of the format:  KBC<SPACE>AGE<SPACE>GENDER(M/F/O)  to 31031. People can also r...

Ko Bancha Crorepati WIKI

Ko Banchha Crorepati  ( Who Wants to be a Millionaire ; also simply known as  KBC ) is a  Nepali   television game show based on the  British program   Who Wants to Be a Millionaire? . The show premiered on 29 December 2018 on  AP1 TV  and will run for 52 episodes. It is hosted by  Rajesh Hamal [1]  and produced by SRBN Media Pvt. Ltd. [2]  Contestants can win large cash prize up to 1 crore (10 million) Nepali rupees. Contents 1 Production 2 Gameplay 2.1 Qualification 2.2 Fastest Finger First 2.3 Main gameplay 3 References 4 External Links Production The show is directed by Suresh Paudel who is also director and project head of  Nepal Idol  and Boogie Woogie Nepal and Aman Pratap Adhikari director of Himalayan Rodies. Assistant directors for the show are Babu Surace DC (Surace Dulal) and Mohanraj Adhikari. In production, director of photography is Shivaram Shrestha. Gameplay Qualification ...