काठमाडौं । नेपाल आइडलको सफलतापछि एपिवान टेलिभिजनले अर्को विश्वविख्यात टेलिभिजन रियालिटि शो who wants to be a millionaire को नेपाली संस्करण नेपालमा भित्र्याएको छ ।
नेपालीमा को बन्छ करोडपति नामाकरण गरिएको यो रियालिटि शो बैशाख १ गतेदेखि एपिवान एचडि टिभिमा प्रशारणमा आउंनेछ ।
को बन्छ करोडपति कार्यक्रमको प्रशारणबारे जानकारी दिन आयोजित एक समारोहमा यस कार्यक्रमले नेपालको टेलिभिजन इतिहासमा नयां आयाम थपिने र नेपाली दर्शकलाई टेलिभिजन मार्फत बौद्धिक ज्ञान हासिल गर्न मद्धत पुग्ने बताइएको थियो ।
नेपालमा को बन्छ करोडपतिका संचालक नायक राजेश हमालले एपिवानले नेपाल आइडलको आयोजना गरेर इतिहास रचिसकेकोले को बन्छ करोडपति नेपालको टेलिभिजन र दर्शकबीच अर्को कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको who wants to be a millionaire प्रशारणमा ल्याउंने नेपाल १ सय ६१ औ देश हुनेछ ।
Comments
Post a Comment